default_image

1 year ago

March 2, 2023

शीर्षस्थानकाे आर्सनलको सानदार जित

55 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको हो ।

आर्सनलको फराकिलो जितमा गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गरे । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

उनले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गर्न सफल भएको थियो । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि ५ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ । आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै सिटीको ५५ अंक छ । पराजित एभर्टनलाई रेलिगेसन डर बढेको छ । एभर्टन २१ अंक जोडेर १८औं स्थानमा छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.