3 years ago
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउको गोलमा नव प्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगको डेब्यु खेलमै जित निकालेको छ ।

खुमलटारले आफ्नो शीर्ष डिभिजनको पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै शीर्ष डिभिजनमा डेब्यु खेलमै जित निकाल्दै सुखद् सुरुवात गरेको हो ।
खुमलटारको जितमा खेलको अन्तिमतिर मेसुकेले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा गोल गर्न सफल भएका थिए । कप्तान जय गुरुङले दिएको पासलाई मेसुकेले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्सले खुमलटारलाई खेलको अन्तिम समयसम्म रोक्न नसक्दा हारबाट लिगको शुरुवात गरेको छ ।
१७औं मिनेटमा जयको पासमा मेसुकेको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो । लगत्तै १८औं मिनेटमा श्यामबाबु क्याप्छाकीको पासमा कप्तान प्रकाश बुढाथोकीले मौका चुकाउँदा फ्रेन्ड्स पनि अग्रता लिनबाट चुक्यो ।
७२औं मिनेटमा स्टेफन समिरले करिव १८ यार्डबाट गरेको फ्रिकिक प्रहार बारमा लागेर फर्कदा खुमलटार अग्रता लिनबाट चुक्यो । ७५औं मिनेटमा मेसुकेको डिबक्स भित्रको हेडर फ्रेन्ड्सका गोलरक्षक राजा बाबु थापाले मुस्किलले बचाए ।
८०औं मिनेटमा फ्रेन्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । यस जितसँगै खुमलटारले ३ अंक जोडेको छ ।
लिग अन्तरगत शनिबार तीन खेल हुनेछ । च्यासल रंगशालामा दिउँसो २ः३० बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबचि खेल हुनेछ ।
दशरथ रगशालामा दिउँसो २ः३० बजे एपिएफ र थ्री स्टार तथा साँझ ५ः३० बजे मनाङ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]