default_image

1 year ago

March 10, 2023

युभेन्ट्स विजयी, आर्सनल रोकियो

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकाल्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं […]

182 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकाल्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा लुकास होलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा फ्रेइवर्ग बराबरीमा बाट चुक्यो ।

यस जितसँगै युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ । फ्रेइवर्गलाई जित आवश्यक हुनेछ । दोस्रो लेग फ्रेइवर्गको मैदानमा १६ मार्चमा हुनेछ ।

अर्काे खेलमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गरे ।

लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट पाहुना टोली आर्सनलले अग्रता लिएको थियो । ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, ६२औं मिनेटमा हिडेमासा मारिताले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगियो ।

यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।

अन्य नतिजा
युनियन बर्लिनविरुद्ध युनियन सेन्ट गिलोइस (३–३)
लिभरकुसेनविरुद्ध फेरेन्कभारोस (–०)
रोमाविरुद्ध रियल सोसिडाड (–०)
सेभियाविरुद्ध फेनरवाच (–०)
साख्तर डोनेस्कविरुद्ध फियोनुर्ड (१–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध रियल बेटिस (–१)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.