default_image

1 year ago

March 11, 2023

मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानको हार

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो । घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए । स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा […]

144 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।

स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलान अग्रता लिनबाट चुक्यो ।

माटिया कालडाराले पेनाल्टी बक्समा ड्यानियल डि एमब्रुसोमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, मार्टिनेजको पेनाल्टीलाई स्पेजियाका गोलरक्षक बार्टलोमिज ड्रागोस्कीले बचाए ।

५५औं मिनेटमा ड्यानियल माल्दिनीले गोल गर्दै स्पेजियालाई १–० को अग्रता दिलाए । उनले एमबाला एनजोलाको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

सल्भारडर फेररले पेनाल्टी बक्समा डेन्जेल डमफ्रेजलाई फउल गरेपछि रेफ्रीले इन्टरलाई खेलमा दोस्रोपटक पेनाल्टी प्रदान गर्दा लुकाकु चुकेनन् । तर, ८७औं मिनेटमा एमबाला एनजोलाले पेनाल्टीमा गोल गर्दै इन्टरलाई यस सिजनको सिरी ‘ए’ मा आठौं हार चखाए ।

स्पेजियाले भने पाँचौ जित दर्ता गर्न सफल भयो । डेन्जेल डमफ्रेजले पेनाल्टी बक्समा कोभालेन्कोलाई फउल गरेपछि रेफ्रीले स्पेजियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाला एनजोला चुकेनन् ।

यस जितसँगै स्पेजिया २६ खेलबाट २४ अंक जोडेर १७औं स्थानमा रहेको छ । पराजित इन्टर २६ खेलबाटै ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.