default_image

1 year ago

March 11, 2023

सलाह पेनाल्टीमा चुक्दा लिभरपुलको हार

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग स्तब्ध बनेको छ । अघिल्लो साता म्यानचेस्टर युनाइटेडमाथि सानदार जित दर्ता गरेको लिभरपुल घरेलु टोली बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न बर्नमाउथका फिलिप विलिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिटालिटी स्टेडियम बर्नमाउथ डोरसेटमा शनिबार राति […]

128 views

0 Bookmark

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग स्तब्ध बनेको छ ।

अघिल्लो साता म्यानचेस्टर युनाइटेडमाथि सानदार जित दर्ता गरेको लिभरपुल घरेलु टोली बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न बर्नमाउथका फिलिप विलिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

भिटालिटी स्टेडियम बर्नमाउथ डोरसेटमा शनिबार राति भएको खेलको २८औं मिनेटमा फिलिपले गोल गर्दै बर्नमाउथलाई १–० को अग्रता दिलाएका थिए । उनले डांगो ओआटाराको पासमा गोल गर्न सफल भएका थिए ।

७०औं मिनेटमा लिभरपुलले खेललाई बराबरी गर्ने अवसर पाएपनि मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित हुन पुग्यो । डिएगो जोटाको प्रहार एडाम स्मिथको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरपुललाई पेनाल्टी प्रदान गरेपनि सलाहले गोल गर्न सकेनन् ।

यस जितसँगै बर्नमाउथ २६ खेलबाट २४ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.