default_image

1 year ago

March 12, 2023

एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी – बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता […]

229 views

0 Bookmark

एजेन्सी – बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

तर, पिएसजीको अग्रता लामो समय टिकेन । ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि ११ अंकको अग्रता कायम गरेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.