default_image

1 year ago

March 12, 2023

केन र सन चम्कदा टोटेनहम विजयी

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको हो । ह्यारी केनले २ तथा सनले १ गोल गरे ।टोटेनहम हटस्पर स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको […]

115 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको हो । ह्यारी केनले २ तथा सनले १ गोल गरे ।टोटेनहम हटस्पर स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको तेस्रो मिनेटमा नै रिचार्लीसनले गोल गरेपछि भिएआरबाट मान्यता पाएन ।

तर, १९औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । उनले पेड्रो पोरोको पासमा गोल गर्न सफल भएका थिए । ३५औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा कप्तान जोई ओरलले रिचार्लीसनलाई फउज गरेपछि प्राप्त पेनाल्टीमा केन चुकेनन् ।

६२औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ३–० ले अघि बढाए । उनले रिचार्लीसनको पासलाई सदुपयोग गरेका थिए । ८१औं मिनेटमा जोई ओरलले गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–१ ले विजयी हुन सफल भयो ।

यस जितसँगै टोटेनहम २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित नटिङहम २६ खेलबाट २६ अंक जोडेर १४औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.