default_image

1 year ago

March 12, 2023

बायर्न विजयी, डर्टमुण्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउँदा शीर्ष दौडमै रहेको बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्र्यार अग्सवर्गमाथि ५–३ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नको पूनरागमन जितमा बेन्जामिन पाभार्डले दुई तथा […]

136 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउँदा शीर्ष दौडमै रहेको बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएको छ ।

बायर्नले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्र्यार अग्सवर्गमाथि ५–३ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नको पूनरागमन जितमा बेन्जामिन पाभार्डले दुई तथा जोओ क्यान्सेलो, लिरोए साने र अलफन्सो डाभिसले समान एक गोल गरे ।

अग्सवर्गका मर्जिम बेरिसाले दुई तथा इर्भिन कारडोनाले एक गोल गरे । खेलको तेस्रो मिनेटमा नै मर्जिमले गोल गरेपछि बायर्न खेलमा पछि परेको थियो ।

१५औं मिनेटमा जोओ क्यान्सेलोले बराबरी गोल फर्काएपछि बायर्न खेलमा फर्कियो । १९औं मिनेटमा पाभार्डले साडियाे मानेको पासमा गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए ।

३९औं मिनेटमा पाभार्डले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्न ३–१ ले अघि बढ्यो । ४५औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमै ४–१ को आरामदायी अग्रता दिलाए ।

६०औं मिनेटमा मर्जिमले पेनाल्टीमा गोल गरेपछि अग्सवर्गलाई खेलमा फर्काउने संकेत दिए । तर, ७४औं मिनेटमा अलफन्सोले गोल गरेपछि अग्सवर्गको खेलमा फर्कने सम्भावना टाढिदा बायर्न जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इर्भिनले गोल गरेर खेललाई ५–३ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।

यस जितसँगै शीर्षस्थानमा रहेको बायर्नले बोरुसिया डर्टमुण्डलाई २ अंकले पछि पारेको छ । बायर्नको २४ खेलबाट ५२ अंक तथा समान खेलबाट डर्टमुण्डको ५० अंक छ । पराजित अग्सवर्ग २७ अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमासाल्केसँग २–२ गोलको बराबरीमा रोकिदा डर्टमुण्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । यो बराबरीले डर्टमुण्ड २ अंकले पछि परेको छ । डर्टमुण्डलाई रोकेको साल्के २० अंक जोडेर १७औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.