default_image

1 year ago

April 3, 2023

‘ए’ डिभिजन लिग – संकटा र एपिएफ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सोमबार देखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ राउन्डको खेलमा संकटा क्लब र विभागीय नेपाल एपिएफ क्लबले सफलता हात पारेका छन् । संकटाले खुमलटार युवा क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा जुनियर एनकेन्गेले गरेको गोल नै निर्णायक बन्यो […]

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सोमबार देखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ राउन्डको खेलमा संकटा क्लब र विभागीय नेपाल एपिएफ क्लबले सफलता हात पारेका छन् ।

संकटाले खुमलटार युवा क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा जुनियर एनकेन्गेले गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यो सिजनमा संकटाको यो दोस्रो जित हो । दोस्रो जितसँगै संकटा ६ खेलबाट ९ अंक जोडेर छ्रैटौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार ६ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा झरेको छ ।

अर्काे खेलमा एपिएफले पुलिसलाई २–० ले पराजित गरेको छ । च्यासल मैदानमा एपिएफको जितमा हरि कार्की र सविन गुरुङले गोल गरे । दुवै गोल दोस्रो हाफका भएको थियो ।

खेलको ५८औं मिनेटमा हरि कार्कीको गोलबाट एपिएफले १–० को अग्रता लिन सफल भयो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा परिवर्तित खेलाडी सविन गुरुङले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । सविन ९०औं मिनेटमा नविन लामाको स्थानमा मैदान छिरेका थिए ।

यो सिजन निकै नै खराव लयमा रहेको पुलिसको यो पाँचौ हार हो । पुलिस ६ खेलबाट १ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएको एपिएफ ६ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १० अंक नै भएपनि जावलाखेल गोल अन्तरमा अघि छ ।

लिगमा मंगलबार दुई खेल हुनेछ । च्यासल रंगशालामा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.