default_image

3 years ago

April 3, 2023

भुटानका कप्तान चेन्चो मछिन्द्रमा अनुबन्धित

305 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ ।सम्झौतामा मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । उनीहरुको सम्झौता रकम खुलाइएको छैन ।

सम्झौतासँगै भुटानी रोनाल्डोको नामले चर्चित चेन्चो लिगको छैटौं चरणकाे खेलदेखि मछिन्द्रको जर्सीमा देखिने छन् । उनले ७७ नम्वरको जर्सी नै लगाउनेछन् । मछिन्द्रमा अनुबन्ध भएसँगै चेन्चोले नेपालको लिग पहिलोपटक खेल्न लागेको र नयाँ चुनौती र यात्राको प्रतिक्षामा रहेको बताएका छन् ।

चेन्चोले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसँगै भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेलेका थिए । पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ । चेन्चोले आई लिगमा १२ खेलमा ३ गोल गरेका थिए ।

यस सिजन मछिन्द्र खराब लयबाट गुज्रिरहेको मछिन्द्र पाँच चरणको समाप्तिमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । टोलीका नियमित कप्तान सुजल श्रेष्ठ र विशाल राई अष्ट्रेलिया गएसँगै मछिन्द्रको प्रदर्शन सोचेअनुरुपको हुन सकेको छैन ।

चेन्चो दुई साता यता नेपालमै छन् । उनी ९ देखि १७ चैतसम्म काठमाडौंमा आयोजना भएको प्रधानमन्त्री थ्री नेसन्स कप दौरान नेपाल आएका थिए । चेन्चोको कप्तानीमा रहेको भुटान समूह चरणबाटै बाहिरिएको थियो ।

१७ गते भएको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजि तगर्दै उपाधि जित्न सफल भएको थियो । थ्री नेसन्स कपमा भुटानले नेपालसँग इतिहासमै पहिलोपटक १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.