9 years ago
January 3, 2017
लण्डन (एजेन्सी) – माटा र इब्राहिमोबिकको गोलले युनाइटेडले १० खेलाडिमा सिमित वेस्टह्याम युनाइटेडमाथी २-० को जित हासिल गर्दै प्रिमियर लिगमा लगातार छैटौं जित हासिल गरेको छ ।

पहिलो खेल खेलेका सोफिएन फेगौलिले १५ मिनेटमा फिल जोन्समाथिको ट्याकलमा रातो कार्ड पाएपछी वेस्ट ह्याम १० खेलाडिमा सिमित भएको थियो । दोस्रो हाल्फको ६३ मिनेटमा गोल गर्दै माटाले युनाइटेडलाई अग्रता दिलाए । त्यस्तै ७८ मिनेटमा अर्को गोल गर्दै इब्राहिमोबिकले युनाइटेडको जित पक्का गरे ।
लगातार छैटौ जित दर्ता गरेको युनाइटेड ३९ अंक सहित छैटौ स्थानमा छ । तेस्रो स्थानमा रहेको सिटिभन्दा ३ अंक कम र १ खेल बढी खेल्दै चौथो आर्सनल भन्दा युनाइटेड १ अंक तल छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]