9 years ago
January 4, 2017
पेरिस(एजेन्सी)– लामो समयदेखि इङ्लिस क्लब आर्सनलले ताकेका जुलियन ड्रयाक्सलर जनवरी ट्रान्सफर सुरु भएलगतै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका छन् ।

साल्केबाट सन् २०१५ मा अनुमानित २५ मिलियन पाउण्डमा वल्फसबर्ग पुगेका ड्रयाक्सलरलाई पिएसजीले ३४ मिलियन पाउण्ड (करिब ४ अर्ब नेपाली रुपैयाँ) तिरेको भित्राएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । २३ बर्षिय जर्मन मिडिपिल्डरले पिएसजीसँग साढे ४ बर्षको सम्झौता गरेपछि उनी कम्तिमा २०२१ सम्म फ्रान्सको पहिलो डिभिजनमा खेल्नेछन् ।
जर्मनीबाट २७ खेल खेलिसकेका ड्रयाक्सलरलाई आर्सनलले लामो समयदेखि पछ्याइरहदा पनि दुई पटक उनलाई भित्राउन असफल भएको छ । अनुबन्धपछि ड्रयाक्सलरले ‘मेरो खेल जीवनमा पहिलो पटकल नयाँ देशको नयाँ लिग खेल्दै छु, म अत्यन्तै उत्साहित छु । पिएसजीलाई उपाधि जिताउन मैले आफ्नोतर्फबाट प्रयास गर्नेछु ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]