default_image

1 year ago

April 19, 2023

पाण्डेले फोर्थ अफिसियललाई हातपात गरे

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलपछि एपिएफका सहायक व्यवस्थापक जिवेश पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका छन्। खेलमा थपिएको ७ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा पाण्डेले फोर्थ अफिसियलसँग रेफ्रीको निर्णयप्रति आक्रोश जनाएका थिए । त्यसबेला पाण्डेलाई खेलका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए। खेल […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलपछि एपिएफका सहायक व्यवस्थापक जिवेश पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका छन्।

खेलमा थपिएको ७ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा पाण्डेले फोर्थ अफिसियलसँग रेफ्रीको निर्णयप्रति आक्रोश जनाएका थिए । त्यसबेला पाण्डेलाई खेलका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए। खेल सकिएलगतै टनेलभित्र पाण्डे पुनः आक्रोशित बन्दै रेफ्री मोक्तानमाथि जाईलागे ।

रेफ्रीको निर्णयप्रति असन्तुष्ट रहेकोले हात हालेको एपिएफ फुटबल टोलीका पूर्व कप्तान समेत रहेका पाण्डेले स्वीकार गरेका छन् । खेल पश्चात रेफ्रीको रिपोर्टमा पाण्डेले फोर्थ अफिसियल मोक्तानलाई हातपात गरेको उल्लेख गरिएको रेफ्री एसेसर श्रीराम रञ्जितकारले बताए।

खेलमा मछिन्द्र १-० ले पछाडि रहेको अवस्थामा एपिएफका आवास लामिछाने घाइते भएर मैदानमा ढलेका थिए। स्टेचर सहित मेडिकल टिमले मैदानमा धेरै समय लिएको भन्दै मछिन्द्रका देवेन्द्र तामाङ आक्रामक शैलीमा प्रस्तुत भए।

तर रेफ्री क्षेत्रीले देवेन्द्रलाई कार्ड नदिएपछि पाण्डेसहित एपिएफका अफिसियलहरू आक्रोशित बने। रेफ्री क्षेत्रीले फोर्थ अफिसियल मोक्तानसँगको परामर्शपछि पाण्डेलाई रातो कार्ड देखाएका थिए। खेल एपिएफले १-० ले जित्यो।

खेलमा रेफ्रीको भूमिका प्रति भने दुबै टोलीका प्रशिक्षकले गुनासो गरेका थिए। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले मछिन्द्रका खेलाडी आक्रमक‌ रुपमा प्रस्तुत हुँदा पनि रेफ्रीले कार्ड नदिनु दुःखद भएको बताए ।

मछिन्द्रका प्रशिक्षक किशोर केसी स्ट्रेचर ल्याइसकेपछि जतिसक्दो छिटो घाइते खेलाडीलाई प्राथमिक उपचार गराउन पठाउनुको सट्टा मैदानमै समय बिताएकोमा असन्तुष्टी जनाएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.