3 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबमाथि ६–० को विजय प्राप्त गरेको फ्रेन्ड्सले बुधबार दशरथ रंगशलामा संकटा क्लबलाई ३–१ ले हराएको थियो ।

फ्रेन्ड्सलाई जित दिलाउन कप्तान प्रकाश बुढाथोकी, टोरिक जेब्रिन र राफिक एमिनुलेब गोल गरे । संकटाका लागि जुनियर एनकेनगुएनलेब गोल गरेका थिए । चाथो मिनेटमा प्रकाशको गोलबाट फ्रेन्ड्सले अग्रता ,लिएको थियो । नवौं मिनेटमा जुनियरको गोलबाट संकटा खेलमा फर्कियो । तर, २५ औं मिनेटमा टोरिककको गोलमा फेन्ड्सले दोस्रो पटक अग्रता बनायो ।
दोस्रो हाफमा पनि खेलमा पकड बनाएको फ्रेन्ड्सका लागि राफिकले इन्जयुरी समयमा गोल थपे र टोलीको जित निश्चित गरे । १० खेलमा तेस्रो जित निकालेपछि फ्रेन्ड्स ११ अंकका साथ दसौं स्थानमा उक्लेको छ । १५ अंकका साथ संकटा सातौं स्थानमा छ ।
बुधबार कै अन्य खेलमा जावलाखेल युथ क्लब र एपिएफ क्लब विजयी भएका छन् । च्यासल फुटबल मैदानमा शीर्षस्थानको जावलाखेलले दबाबमा रहेको नेपाल पुलिस क्लबलाई ६–१ ले हरायो । अर्को विभागिय टोली एपिएफले भने दशरथ रंगशालामा लिगको साविक विजेता मछिन्द्र क्लबलाई १–० ले हराएको छ । जावलाखेल २० अंकका साथ शीर्षस्थानमा मजबुत बनेको छ । ५ अंक सहित पुलिस अंकतालिको पुछारमा छ । एपिएफ (१४ अंक) आठौं र मछिन्द्र (१३ अंक) नवौं स्थानमा छ ।
November 17, 2025
एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]
November 16, 2025
एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]
November 16, 2025
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]