default_image

1 year ago

April 20, 2023

शेर्पालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा […]

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

पाँचौ मिनेटमा अशोक खवासको क्रसमा आदित्य शाक्यको हेडर सदुपयोग हुन सकेन । १४औ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । आदित्य शाक्यको क्रसमा लाकेन लिम्बुको प्रहार सन्जित राईलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा गोलरक्षक किशोर गिरी पनि झुक्किन पुगे ।

३४औ मिनेटमा आदित्य शाक्यको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक किशोरले मुस्किलले पञ्च गर्दै बचाए । ४८औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा शेर्पा बराबरीबाट चुक्यो । पेनाल्टी बक्समा एबायोमी फकुन्लेलाई पिटर सेगुनले फउल गरेपछि रेफ्रीले शेर्पालाई पेनाल्टी प्रदान गर्दा विश्वासको प्रहार आकासियो ।

५४औं मिनेटमा आदित्यको प्रहारमा गोलरक्षक किशोर नै बाधक बन्दा थ्री स्टार अग्रता दोब्बर पार्नबाट चुक्यो । ६६औं मिनेटमा अजायी मार्टिन्सले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ७३औं मिनेटमा थ्री स्टारका सिफामान्डलाको हेडर सदुपयोग हुन सकेन ।

८५औं मिनेटमा पिटर सेगुनले आफ्नो डिफेन्स लाइनबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई किशोरले डाइभ दिदै बचाए ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारको १० खेलबाट १८ पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित शेर्पा १० खेलबाट ९ अंक जोडेर १३औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.