default_image

1 year ago

April 22, 2023

एमबाप्पेको दुई गोलमा पिएसजीको जित

119 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको हो । घरेलु टोली एन्जर्सका सादा थिओवले एक गोल फर्काए ।

एन्जर्समा शुक्रबार राति भएको खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले जुआन बर्नाटको पासमा गोल गर्न सफल भए ।

२६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । एमबाप्पेले यसपटक लियोनेल मेस्सीको पासलाई सदुपयोग गरे । लिग वानमा उनको यो २२औं गोल गोल हो । उनले २८ खेल खेल्दा ४ असिस्ट पनि प्रदान गरेका छन् ।

८७औं मिनेटमा सादाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३२ खेलबाट ७५ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेको ६४ अंक छ । पराजित एन्जर्स १४ अंक जोडेर पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.