default_image

2 years ago

April 27, 2023

पुछारको पुलिसले खुमलटारलाई हरायो

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट जोगिने संघर्षमा रहेको नेपाल पुलिस क्लबले फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा विहीबार पुलिसले ३-१ को जित दर्ता गर्यो

विभागीय टोलीको जितमा अहमद हिजाजीले २ र मोजेस टुम ग्याबाले १ गोल गरे । सिजनको तेस्रो जितसँगै पुलिस १३ खेलमा १२ अंक जोड्दै पुछारमै अवस्थित छ । खुमलटार १३ खेलमा ४ जित र १ बराबरीसहित १३ अंकका साथ १२ औं स्थानमै छ ।

खेलको २७ औं मिनेटमा पुलिसका लागि अहमद हिजाजीले गोल गरे । कर्नरमा मोजेस ग्याबाको हेडर गोलरक्षक देव लिम्बुले बचाएपछि ६ यार्ड बक्सभित्रबाट हिजाजीले लिगको पहिलो व्यक्तिगत गोल गरे ।

५४ औं मिनेटमा खुमलटारका मेसुके ओलोमोउले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई मेसुकेले शक्तिशाली प्रहारमार्फत गोल गरे ।

८४ औं मिनेटमा मोजेसले पुलिसलाई अघि बढाए । सर्ज डिकाको पासलाई मोजेसले पेनाल्टी क्षेत्र बाहिरबाट गोलमा परिणत गरेका थिए । मिडफिल्डमा सान्विल डी कोस्टाले बल गुमाएपछि सर्जले पहिलो टचमै दिएको पासलाई मोजेसले सदुपयोग गरे ।

इन्ज्युरी समयमा पुलिसका हिजाजीले पेनाल्टीमा गोल गर्दै जित पक्का गरे । गोलरक्षक देव लिम्बूले लडाएपछि उनले पेनाल्टी पाएका थिए ।

यसअघि दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लब र नेपाल एपिएफ क्लबले १-१ को बराबरी खेलेका थिए ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

Success

Thank you for your time.