default_image

2 years ago

April 30, 2023

यू १७ फुटबल टोली स्वदेश आइपुग्यो

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले एएफसी यू–१७ महिला एसियन कप छनोटमा भाग लिएर आइतबार स्वदेश फर्केको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाकी सदस्य तथा महिला समितिकी संयोजक सरिला श्रेष्ठ र महिला समितिकी सदस्य विन्द्र देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए । जोर्डनमा शुक्रबार भएको छनोटको आफ्नो दोस्रो खेलमा आयोजक टोलीलाई नेपालले ४–१ ले हराउँदै अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेको थियो ।

जोर्डनविरुद्ध टोलीलाई जित दिलाउन सुक्रिया मियाले २ तथा वर्षा ओली र माया मास्केले समान १ गोल गरेका थिए । मायाले पेनाल्टीमा गोल गरेकी थिइन् । समूह एचमा इरान रहेको छ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो । इरान र जोर्डनबीच आज समूहको अन्तिम खेल हुनेछ । नेपाल र इरानको समान ३ अंक छ भने जोर्डनले अंक जोड्न सकेको छैन ।

समूहको शीर्ष टोली अन्तिम चरणमा पुग्नेछ । नेपाली टोली आफ्नो दुबै खेलेपछि स्वदेश फर्केको हो । आज हुने खेलमा जोर्डन विजयी भएको अवस्थामा मात्र नेपालको अघिल्लो चरणको सम्भावना बाँकी रहनेछ । यदि इरान जितेको अवस्था वा बराबरी भएको अवस्थामा टोली अघि बढ्ने छ भने जोर्डनसँगै नेपाल बाहिरिनेछ ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.