default_image

1 year ago

May 1, 2023

लोरिएन्टसँग पिएसजीको हार

194 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ ।

१० खेलाडीमा समेटिएको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो । लोरिएन्टका एन्जो लि फि, डारलाइन योङ्वा र एहमाडोउ बम्वा डिइङले गोल गरे । पिएसजीका केलियन एमबाप्पेले गोल गरेपनि हार टार्न सकेन ।

पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट पिएसजी खेलमा पछि पर्यो । खेलमा पछि परिसकेको पिएसजी २०औं मिनेटमा १० खेलाडीमा समेनि पुग्दा थप समस्यामा पर्यो ।

डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी दवावमा आएको थियो । तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३९औं मिनेटमा डारलाइन योङ्वाले गोल गरेपछि लोरिएन्ट पहिला हाफमा २–१ ले अघि बढ्यो । ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै पिएसजीलाई स्तब्ध पारे । त्यसअघि ८६औं मिनेटमा उनको गोलले मान्यता पाएन ।

यस हारपछि पनि शीर्षस्थानमा रहेको पिएसजीको ३३ खेलबाट ७५ अंक छ । टोली दोस्रो स्थानको मार्सेभन्दा ५ अंकले मात्रै अघि छ । पिएसजीलाई हराएको लोरिएन्ट ३३ खेलबाट ४८ अंक जोडेर १०औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.