2 years ago
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं स्थानीय तह सहिद स्मृती मनवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला फुटबल संघसँग अब कुनै तिक्तता नरहेको विजेता मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले बताएका छन् ।
फागुन ११ गते सम्पन्न मनवानपुर गोल्डकपको विजेताका रुपमा प्राप्त गर्नुपर्ने रकम पाउन ढिला भएकोले मनाङ र जिल्ला फुटबल संघबीच केहि तिक्तता रहेको थियो । अहिले सबै रकम भुक्तानी भइसकेकोले दुई पक्षबीच कुनै समस्या नरहेको मनाङ अध्यक्ष घलेले बताए ।
‘पुरस्कार रकम समयमा उपलब्ध नहुँदा केहि समस्या थियो । अब हामीले सबै भुक्तानी पाइसकेका छौं, घलेले हाम्रो खेलकुदसँग सोमबार भने, अब कुनै समस्या छैन ।’ भविष्यमा पनि आपसी समझदारी रहेमा मकवानपुर गोल्ड कपमा आफ्नो टोलीको सहभागिता रहने घलेले प्रष्ट पारे ।
मकवापुरले दुई किस्तामा पुरस्कार रकम भुक्तानी गरेको थियो । संघले दोस्रो पटक वैशाख १३ गते ६ लाख ६५ हजार रुपैयाँ र त्यसअघि गत वर्ष चैत ३१ गते ४ लाख रुपैयाँ मनाङ खातामा रकम जम्मा गरेको जिल्ला संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।
आन्तरिक व्यवस्थापन मिलाउन केहि समय लागेकाले पुरस्कार राशीको सम्पूर्ण भुक्तानीका लागि समय लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य समेत रहेका जिल्ला संघका अध्यक्ष लामाले बताए ।
‘जिल्लामा फुटबल आयोजना गर्न कठिन छ । त्यसमा आर्थिक व्यवस्थापन झनै कठिन छ, उनले भने, त्यसै कारणले हामीले पुरस्कार रकम भुक्तानी गर्न ढिलाई भएको हो । यहाँ वर्षौ सम्म पनि पुरस्कार रकम नदिएका उदाहरण छन् । तर हामीले नियतवश नभई व्यवस्थापनका लागि समय लागेकाले ढिलाई भएको हो । त्यसलाई सबै पक्षले बुझ्न जरुरी छ ।’
माघ २९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङले उपाधि जितेको थियो । विजेतको १५ लाख र दोस्रो टोलीको १० लाख रुपैयाँ पुरस्कार रहेको थियो ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मीमाथि सहज जित हासिल गरेको छ । सोमवार भएको दिनको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । सोमवारकै पहिलो खेलमा खुमलटार फुटबल क्लबमाथि थ्री स्टार फुटवल क्लबले ५-१ को फराकिलो जित हात पारेको छ […]
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]