2 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद ) – ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
जारी लिगमा लगातार ६ खेलमा पराजित भएपछि किरण श्रेष्ठले राजीनामा दिएयता टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो।
गुरुङलाई चालू सहित दुई सिजनका लागि क्लबमा अनुबन्ध गरिएको मनाङले बिहीबार जानकारी दिएको छ । क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
युवा प्रशिक्षकको नेतृत्वमा क्लबले आगामी दिन घरेलु र अन्तराष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास लिएकाे जनाएको छ । गण्डकीलाई आधार बनाएर घरेलु फुटबलमा योगदान गर्ने क्लबको उद्धेश्यमा गुरुङको नियुक्तिले थप टेवा पुग्ने विश्वास छ ।
गुरुङले पछिल्लो पटक संकटा क्लबलाई प्रशिक्षण दिएका थिए। छोटो समय राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक रहिसकेका गुरुङको नेतृत्वमा हालै महिला यू १७ टोलीले एएफसी च्याम्पियनसिप छनोट खेलेको थियो।
क्लबका अध्यक्ष विजय घले भने, ‘घरेलु फुटबललाई विकेन्द्रिकरण गर्दै क्लबलाई व्यवसायीक बनाउने उद्धेश्यमा हामी दृढ छौं । नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त छु । मनाङ परिपक्क ढङ्गले घरेलु फुटबलमा पुरानो विरासतलाई माथि उठाउने योजनामा तयार छ ।’
मुख्य प्रशिक्षक गुरुङ भने, ‘यस क्लबबाट खेल्ने सधै धोको रहने गर्दथ्यो । अहिले आएर मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्न पाउँदा खुसी छु । युवा प्रतिभाले भरिएको यति राम्रो टिम निर्माण गरिदिएकोमा किरण श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु ।’
श्रेष्ठले छाडेपछिको पहिलो खेलमा बुधबार मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई १-०ले हराएको थियो। सर्वाधिक ८ पटक ए डिभिजन लिगको उपाधि जितेको मनाङ यसपटक १४ खेलको समाप्तीमा आठौं स्थानमा छ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]