3 years ago
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र राष्ट्रिय क्रिके टोलीका बलर करण केसी सातौं पोखरा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार भएको अवार्डामा आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै सावित्रा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । लम्जुङकी सावित्रा हाल गोकुलम केरेला एफसीबाट भारतीय महिला लिगमा सहभागिता जनाइरहेकी छिन् ।
एसिसी प्रिमियर कप विजेता टोलीका सदस्य बागलुङका करण आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कालाई पछि पार्दै वर्षका उत्कृष्ट पुरुष खेलाडी चुनिएका हुन् । क्रिकेटकै सुवास भण्डारी उदीयमान खेलाडी घोषित भए । सो विधामा भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए ।
आर्चरीका किशोर कुमार गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । जसमा लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीले प्राप्त गरे । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघले प्राप्त गर्यो । सागरराज तिमिल्सिना उत्कृष्ट खेल पत्रकार अवार्डबाट सम्मालित भए । ह्यान्डबल संघ र तिमिल्सिनाले ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारें ।
विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलला घिसिङ, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ लगायतले अवार्ड हस्तान्तरण गरें ।
अवार्ड वितरण गर्न मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति निर्माण गरिएको थियो । जसको सदस्यमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, मञ्चका सदस्यहरु सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपाली सदस्य रहेका थिए ।

यसैगरी उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्व सल्लाहकार सन्देश श्रेष्ठ रहेका थिए । यो समितिको सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मञ्चका पूर्व अध्यक्ष केशव पाठक, मञ्चका सदस्य उमेश पुन सदस्य रहेका थिए । दुवै समितिको पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेको मञ्च गण्डकीले जनाएको छ ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रको आयोजना गर्दै आएको छ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]