default_image

12 months ago

May 7, 2023

संकटाको रेलिगेसन क्षेत्र छाड्ने प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ । पछिल्लो ५ मध्य ४ खेलमा हार र १ मा बराबरी खेलेको संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो […]

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ ।

पछिल्लो ५ मध्य ४ खेलमा हार र १ मा बराबरी खेलेको संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो लेगमा यी दुई टोलीको खेल गोलरहित बराबरीमा सकिएको थियो । संकटा १४ खेलमा १६ अंकसाथ १३ औं स्थानमा छ । आर्मी १४ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

संकटाले पछिल्लो खेलमा मच्छिन्द्रसँग ३-१ को हार बेहोरेको थियो । आर्मी पनि पछिल्लो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग इन्ज्युरी समयमा गोल खाँदै १-० ले पराजित भएको थियो ।

दिनकै अर्को खेल एपिएफ र मच्छिन्द्रबीच दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुनेछ । दुवै टोलीले पछिल्लो ५ मध्य १ खेलमा मात्र हार बेहोरेका छन् । पहिलो लेगमा एपिएफले अर्मान्ड बेडमको गोलको सहयोगमा १-० को जित दर्ता गरेको थियो । हाल अंक तालिकामा मच्छिन्द्र १४ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा छ । एपिएफ १४ खेलमा १९ अंक जोड्दै नवौंमा छ ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.