3 years ago
May 8, 2023
एजेन्सी – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस खेलमा जित हासिल गर्दै हेड टु हेडमा पनि अघि रहन चाहन्छ । १७ अंकसाथ १२ औं स्थानमा रहेको खुमलटारले जित हासिल गरे अंक तालिकाको माथिल्लो भागमा उक्लने अवसर छ । यता १६ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको फ्रेन्ड्स रेलिगेसन क्षेत्र छोड्न चाहन्छ । फ्रेन्ड्सको जितले खुमलटार तल खस्नेछ ।
एन्फा कम्प्लेक्सको मैदानमा मनाङ मर्स्याङ्दी क्लबले पुछारको नेपाल पुलिस क्लबसँग खेल्नेछ । लगातार ६ हारपछि जित हासिल गरेको मनाङले पछिल्लो खेलमा बराबरी खेलेको थियो । प्रशिक्षक विष्णु गुरुङको आगमनसँगै टोली आज पहिलो जितको खोजीमा हुनेछ । तर पुलिसलाई हराउन सहज भने देखिदैन ।

विदेशी खेलाडीको आगमनपछि पुलिस बलियो देखिएको छ । पछिल्लो ५ मध्य १ मात्र खेल हारेको पुलिसले ५ विदेशी खेलाडी अनुबन्धन गरिसकेको छ । मनाङलाई भने मुख्य डिफेन्डर अजिज साइदको चोटले समस्या दिन सक्छ । उनको विकल्पमा रहेका जीवन गुरुङ पनि तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । मनाङका विदेशी फरवार्ड कोफी कोउडु पनि तीन पहेंलो कार्डकै कारण अनुपस्थित रहनेछन् ।
पहिलो लेगमा पुलिसले मनाङलाई एन्फा कम्प्लेक्समै १-० ले पराजित गरेको थियो । मनाङ १९ अंक जोड्दै आठौं स्थानमा छ भने पुलिस १५ अंकका साथ पुछारमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]