3 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिँदा खेलमा दुवैले १-१ अंक बाँडे । बराबरीका बाबजुद थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । क्लबको १६ खेलमा २५ अंक छ । यस्तै एनआरटी १६ खेलमा १८ अंक जोड्दै १२ औं स्थानमा नै छ ।
खेलको चौथो मिनेटमा एनआरटी अग्रता लिनबाट बन्चित भयो । निकोलस सर्ज संगले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो । खेलको २१ औं मिनेटमा थ्री स्टारका विक्रम लामाको हेडर ६ यार्ड बक्स भित्रबाट पोस्टतर्फ जान सकेन ।
४३ औं मिनेटमा आदित्य शाक्यको शक्तिशाली प्रहार गोलरक्षक सन्तोष महतले विफल पारे । त्यसअघि सिफामान्दाला माथेन्ज्वाको फ्रिकिक प्रहार पनि सन्तोषले डाइभ दिँदै बचाएका थिए ।
९० औं मिनेटमा थ्री स्टार अग्रता लिनबाट पुन: चुक्यो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका आदित्यको प्रहार फितलो हुँदा गोलरक्षक सन्तोषले सहजै बचाए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]