default_image

1 year ago

May 9, 2023

गोकुलमको जितमा सावित्राको उच्च प्रदर्शन

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसीले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा मंगलबार सानदार दर्ता गरेको छ ।

सावित्रा एक्लैले ४ गोल गरेको खेलमा गोकुलमले माता कुमानी फुटबल क्लबलाई ९–० को फराकिलो अन्तरले हराएको छ । छैटौं खेलमा गोकुलमको यो पाँचौं जित हो । १ खेलमा बराबरी खेलेको गोकुलम १६ अंकका साथ समूह एको अंकतालिकाको शीर्षस्थानमा छ ।

सावित्राले ४ वा सो भन्दा बढी गोल गरेको यो चौथो खेल हो । उनको गोल संख्या १९ पुगिसकेको र सर्वाधिक गोलकर्ताको सुचीमा उनी शीर्षस्थानमा छिन् । सेथुकी काजोज डिसजा उच्च गोलकर्ताको दोस्रो स्थानमा छिन् । मंगलबार सावित्राले पहिलो र दोस्रो हाफमा समान २ गोल गरेकी थिइन् ।

पाँचौं मिनेटमा सोरोखाबाम रन्जना चानुको गोलबाट गोकुलमले अग्रता लिएको थियो । सावित्राले सातौं र १२ औं मिनेटमा गोल गरिन् । डाङमइ ग्रेसले २० औं, हेमाम सिल्की देवीले २७ औं तथा इन्दुमथीले ३५ औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि टोलीले पहिलो हाफमा ७–० को अग्रता लिएको थियो ।

६८ औं मिनेटमा अर्को गोल गर्दै सावित्राले जारी लिगमा चौथो ह्याट्रिक पूरा गरेकी थिइन् । लगत्तै ६९ औं मिनेटमा सावित्राले अर्को गोल थपिन् । सावित्रा प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् । राष्ट्रिय टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथुको टोली १८ अंकका साथ समूह बीको शीर्षस्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.