default_image

10 months ago

May 12, 2023

खुमलटारमाथि एनआरटीको नाटकीय जित

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा २-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिगमा फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार एनआरटीले ३-२ को जित दर्ता गर्दै अंक तालिकाको नवौं स्थानमा उक्लियो । एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै […]

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा २-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिगमा फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार एनआरटीले ३-२ को जित दर्ता गर्दै अंक तालिकाको नवौं स्थानमा उक्लियो । एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै २१ अंक छ । यता खुमलटार भने १७ खेलमा ५ जित, २ बराबर र १० हारका साथ १७ अंक जोड्दै पुछारमा छ ।

खेलको पहिलो हाफमा एनआरटीले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टर अट्याकमा भर परेको खुमलटारले २ गोल गरेको थियो । ३१ औं मिनेटमा गोलरक्षकको लामो बललाई रेजिन सुब्बाले फ्लिक गरेपछि स्टेफान समीरले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरे । ३९ औं मिनेटमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट तीन डिफेन्डरको बीचबाट गोल गरे ।

दोस्रो हाफमा पनि एनआरटीको आक्रमण कायम रह्यो । तर खुमलटारको खराब गोलरक्षणको फाइदा उठाउँदै एनआरटी खेलमा फर्कियो । ६२ औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालको हेडर गोलरक्षक देव लिम्बुको हातमा लाग्दै गोल भयो ।

त्यसको २ मिनेटपछि नै एनआरटीले बराबरी गोल फर्कायो । निकोलस सर्ज संगको क्रस गोलरक्षक देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि खेल २-२ को स्थितिमा पुग्यो । त्यसपछि प्रशिक्षक याम गुरुङले देवको स्थानमा गोलरक्षक राजकुमार लिम्बुलाई मैदान छिराए ।

तर ८३ औं मिनेटमा निकोलस संगले एनआरटीलाई अग्रता दिलाए । दिपेश आले मगरको उत्कृष्ट कटब्याकमा संगले फस्ट बारमा गरेको प्रहार गोल भयो ।

त्यसअघि रंगशालामा पुलिसले संकटालाई २-१ ले हराउँदा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा १-१ को बराबरीमा रोकिए ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

February 24, 2024

नेपालको टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध नेपालले एक परिवर्तन गरेको छ । खेल नेपाली समय अनुसार १०:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुनेछ । प्रशिक्षक राजेन्द्र तामाङले पछिल्लो खेलबाट दिपा शाहीलाई विश्राम दिंदै अनिता केसीलाई सुरुवाती रोजाइमा खेलाएका छन् । आक्रमणमा सावित्रा […]

February 24, 2024

हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – हरमटारी क्लबले आठौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हरमटारीले उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि टोलीले २०७२ र २०७५ मा उपाधि जितेको थियो । चाइनिज धारा फेमेलीलाई शनिबार २–० ले हराउँदै हरमटारीले उपाधि जितेको हो । हरामटारीका लागि फर्गुराम थारु र लक्ष्मण थापाले समान १ […]

February 24, 2024

पाँचथर गोल्डकप – शुक्रराजको ह्याट्रिकमा आयोजकको जित

दिपक बोहोरा, पाँचथर चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले विजयी सुरुआत गरेको छ । शनिबार उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानिय खेलाडी मात्र समेटेर टोलीको निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि जित निकालेको हो । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी […]

Success

Thank you for your time.