3 years ago
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा उच्च प्रदर्शनलाई निरन्तरता दिएकी छिन् ।

समूह चरणमा अपराजित रहेको गोकुलम केरेला एफसीले शुक्रबार सावित्राको ७ गोलसँगै मुम्बई किंग्स एफसीलाई ११–१ ले हराएको थियो । ७ खेलमा ६ जित र १ बराबरी खेल्दै गोकुलम १९ अंकका साथ समूह एको शीर्षस्थानमा रहेको छ ।
गोकुलमका लागि सन्ध्या रंगनानाथले २ तथा इन्दुमती र रोजाले समान १ गोल गरे । मुम्बइकी भुमिका मानेले एक गोल फर्काइन् । सावित्राले पहिलो हाफमै ४ गोल गरेकी थिइन् । उनी प्लेयर अफ दी म्याच भइन् ।
सावित्रा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छिन् । उनले ७ खेलमा २६ गोल गरिसकेकी छिन् । गोलकुलमले एउटा खेलमा गोलरहित बराबरी खेलेको थियो । बाँकी ६ खेल जित्दा सावित्राले सबै खेलमा गोल गरेकी थिइन् । ९ गोलका साथ सेथु एफसीकी काजोल डेसुजा उच्च गोलकर्ताको दोस्रो स्थानमा छिन्।

सावित्राले ११ औं, १६ औं र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ३९, ५५ , ८९ र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरिन् । इन्दुमतिले १० औं मिनेटमा, सन्ध्याले १५ र ५७ औं तथा रोजा देवीले ६२ औं मिनेटमा गोल गरेकी थिइन् ।
अर्की राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल आबद्ध स्पोर्टस उडिसाले भने मिसाका युनाइटेड एफसीसँग गोलरहित बराबर खेलकोे छ । रेखाको टोलीले दोस्रो स्थानमा रहँदै समूह चरणको अन्त्य गरेको छ । ७ खेलमा स्पोर्टस उडिसाको १३ अंक छ ।
समान १३ अंक भएको इस्ट बंगाल अंकतालिकाको तेस्रो स्थानमा छ । समूह बीमा राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु १६ अंकसहित शीर्षस्थानमा छ ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]