default_image

2 years ago

May 12, 2023

गोकुलमको जितमा सावित्राको ७ गोल

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा उच्च प्रदर्शनलाई निरन्तरता दिएकी छिन् ।

समूह चरणमा अपराजित रहेको गोकुलम केरेला एफसीले शुक्रबार सावित्राको ७ गोलसँगै मुम्बई किंग्स एफसीलाई ११–१ ले हराएको थियो । ७ खेलमा ६ जित र १ बराबरी खेल्दै गोकुलम १९ अंकका साथ समूह एको शीर्षस्थानमा रहेको छ ।

गोकुलमका लागि सन्ध्या रंगनानाथले २ तथा इन्दुमती र रोजाले समान १ गोल गरे । मुम्बइकी भुमिका मानेले एक गोल फर्काइन् । सावित्राले पहिलो हाफमै ४ गोल गरेकी थिइन् । उनी प्लेयर अफ दी म्याच भइन् ।

सावित्रा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छिन् । उनले ७ खेलमा २६ गोल गरिसकेकी छिन् । गोलकुलमले एउटा खेलमा गोलरहित बराबरी खेलेको थियो । बाँकी ६ खेल जित्दा सावित्राले सबै खेलमा गोल गरेकी थिइन् । ९ गोलका साथ सेथु एफसीकी काजोल डेसुजा उच्च गोलकर्ताको दोस्रो स्थानमा छिन्।

सावित्राले ११ औं, १६ औं र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ३९, ५५ , ८९ र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरिन् । इन्दुमतिले १० औं मिनेटमा, सन्ध्याले १५ र ५७ औं तथा रोजा देवीले ६२ औं मिनेटमा गोल गरेकी थिइन् ।

अर्की राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल आबद्ध स्पोर्टस उडिसाले भने मिसाका युनाइटेड एफसीसँग गोलरहित बराबर खेलकोे छ । रेखाको टोलीले दोस्रो स्थानमा रहँदै समूह चरणको अन्त्य गरेको छ । ७ खेलमा स्पोर्टस उडिसाको १३ अंक छ ।

समान १३ अंक भएको इस्ट बंगाल अंकतालिकाको तेस्रो स्थानमा छ । समूह बीमा राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु १६ अंकसहित शीर्षस्थानमा छ ।

January 13, 2025

रियललाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कप

एजेन्सी – रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधी जितेको छ । साउदी अरबमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस लिगमा रियललाई बार्सिलोनाले पराजित गरेको थियो । त्यस समय बार्सिलोना ४–० ले विजयी भएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको दुई तथा लामिन […]

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

Success

Thank you for your time.