default_image

12 months ago

May 20, 2023

इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने

50 views

0 Bookmark

एजेन्सी – इटाली तथा युभेन्ट्सका भेट्रान डिफेन्डर तथा कप्तान लियोनार्दाे बोनुचीले यो सिजनको अन्त्यसँगै सन्यास लिने बताएका छन् ।

३६ वर्षीय बोनुचीले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने निर्णय गरेका हुन् । बोनुचीले इटालियन क्लब युभेन्ट्समा दुई स्पेलमा आठ सिरी ए उपाधि जितेका छन् ।

युभेन्ट्सबाट उनले ५ सय खेल पूरा गरेका छन् । उनले इटालीबाट १२० क्याप जितेका छन् । उनले इटालीबाट सन् २०२१ मा भएको युरो २०२० को उपाधि जितेका छन् ।

उनले युभेन्टसको युट्युब च्यानललाई भने, ‘यो शर्ट लगाउनु १२ वर्षदेखि सपनामा बाँच्नु जस्तै हो । मैले गरेको सबै कुरा एक शर्टको लागि हो जुन मेरो लागि दोस्रो छाला जस्तै हो । अझै पनि म भित्र यो शर्ट लगाएर मैदानमा जान पाउँदा खुसी लाग्छ ।’

बोनुचीले सन् २००५ मा इन्टर मिलानबाट आफ्नो व्यवसायिक खेल करिअर सुरु गरेका थिए । उनले सन् २००५–०६ को सिजनमा नै पहिलो सिरी ‘ए’ को उपाधि जित्न सफल भएका थिए ।

सन् २०१० मा युभेन्ट्समा आउनुअघि बोनुचीले ट्रेभिसो, पिसा, जेनोवा र बारीमा सानदार प्रदर्शन गरेका थिए । एन्ड्रिया बार्जागली, जर्जियो चिलिनी र गोलकिपर जियानलुइगी बुफोनको साथमा उनले एक दशकसम्म इटालियन फुटबलमा प्रभुत्व जमाउने युभेन्ट्सको प्रख्यात ब्याकलाइनको हिस्सा बने।

टुरिन दिग्गजहरूले २०११–१२ र २०१९–२० को बीचमा लगातार ९ उपाधि जितेका थिए । बोनुची सन् २०१७–१८ मा एसी मिलानमा एक सिजन बिताएपछि पुनः युभेन्ट्स नै फर्किएका थिए ।

बोनुचीले २०१० मार्चमा इटालीका लागि डेब्यु गरे । चार वर्षपछि पहिलोपटक टोलीको कप्तानी गरे । उनले दुई विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा इटालीको प्रतिनिधित्व गरे ।

युरो २०१२ मा उपविजेता बनेर नौ वर्षपछि वेम्बलीमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा जितेर ट्रफी उचाल्यो । ‘जब म अर्को वर्ष खेल्न बन्द गर्छु, यो रक्षात्मक युगको अन्त्य हुनेछ ।’ बोनुचीले भने ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.