default_image

1 year ago

June 3, 2023

रामोसले पिएसजी छाड्ने

123 views

0 Bookmark

एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोस सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् ।

डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् । लियोनेल मेस्सीले क्लब छाड्ने पुष्टि गरेसँगै रामोस पिएसजी छाड्ने दोस्रो स्टार खेलाडी हुन् ।

‘भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्छु, पिएसजीबाट छुट्टिदैछु ।’ रामोसले ट्विट गरेका छन् ।

३७ वर्षीया रामोसले पीएसजीका लागि ५७ खेल खेलेका थिए र २०२१ मा रियल म्याड्रिडबाट आएपछि दुई फ्रेन्च उपाधि जितेका छन् ।

पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले सर्जियोको नेतृत्व, टोली भावना र व्यावसायिकता, उच्च स्तरमा उनको अनुभवसँगै मिलेर उनलाई एक साँचो फुटबल लिजेन्ड बनायो, र उनलाई पेरिसमा पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।

विश्वकप र दुई युरोपियन च्याम्पियनसिप जितेका रामोस स्पेनका सबैभन्दा धेरै क्याप जित्ने खेलाडी हुन् । रियलमा ट्रफीले भरिएको क्यारियरमा पाँच ला लिगा उपाधि र चार च्याम्पियन्स लिग विजेता पदकहरू पनि समावेश छन् ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.