2 years ago
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घानाका फरवार्ड मोसेस ग्यवाले सात मिनेटको अन्तरमा दुई गोल गरेपछि विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दौडमा रहेको साविक विजेता मछिन्द्र फुटबल क्लबमाथि पूनरागमन जित निकालेको छ ।
पुलिसले एक गोलले पछि परेको स्थिति उल्टाएर मछिन्द्रमाथि २–१ को पूनरागमन जित निकालेको हो । मछिन्द्रका ओलावाले ओलाडिपो अफिजको गोल सान्त्वना बन्यो ।
च्यासल मैदानमा आइतबार भएको खेलको २७औं मिनेटमा ओलावाले आफिजको गोलबाछ मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । तर, मछिन्द्रले त्यो अग्रतालाई दोस्रो हाफमा बचाउन सकेन ।
खेलको अन्त्यतिर घानाका मोसेसले सात मिनेटको अन्तरमा दुई गोल गर्दै पुलिसलाई पूनरागमन जित दिलाए । ७५औ मिनेटमा पहिलो गोल गरेका मोसेले ८१औं मिनेटमा व्यक्तिगत र टोलीका लासग दोस्रो गोल गर्दै पुलिसलाई जित दिलाए ।
यस जितसँगै चौथो स्थानमा यथावत रहेको पुलिसको २४ खेलबाट ३७ अंक पुगेको छ । समान ३७ अंक नै रहेपनि जावलाखेल गोल अन्तरमा तेस्रो स्थानमा छ ।
पुलिससँगको हारसँगै मछिन्द्रको उपाधि होड कमजोर बनेको छ । मछिन्द्रको २४ खेलबाट ३९ अंक छ । मछिन्द्र शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँग ५ अंकले पछि परिसकेको छ ।
मछिन्द्रलाई च्याम्पियन बन्न अब आफ्नो दुवै खेलमा जित तथा शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले बाँकी रहेको दुवै खेलमा हार बेहोर्नुपर्नेछ । चर्च ब्वाइजलाई च्याम्पियन बन्न अब दुई खेलबाट १ अंक नै पर्याप्त हुनेछ ।
मछिन्द्रले दुवै खेलमा जित तथा चर्च ब्वाइजले एक खेलमा जित र हारको नतिजा निकाल्दा दुवै टोलीको समान ४५ अंक पुग्दा चर्च ब्वाइज हेड टु हेडमा च्याम्पियन बन्नेछ । चर्च ब्वाइजले दोस्रो राउन्डमा मछिन्द्रलाई २–१ ले पराजित गर्दा पहिलो राउन्डमा गोलरहित बराबरी खेलेको थियो ।
लिग अन्तरगत नै न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पाका दिवस उराउले गोल गर्दा एनआरटीका दिपेश आलेले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा दिवस उराउले गोल गर्दै शेर्पालाई १–० को अग्रता दिलाए । तर, शेर्पाको त्यो अग्रता लामो समय टिकेन । ५५औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै शेर्पा २४ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ । एनआरटी ३० अंक जोडेर नवौं स्थानमा छ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]