default_image

1 year ago

June 4, 2023

यू–२० महिला टोली म्यानमार प्रस्थान

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली युवा महिला टोली आइतबार प्रतियोगितास्थल म्यानमार प्रस्थान गरेको छ ।

नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरे ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल रहेको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

नेपाली टोली
गोलरक्षक – कविता विक, लिला जोशी र सावित्री किसान
डिफेन्डर – सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर र कुमारी तामाङ

मिडफिल्डर – सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी

फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.