3 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को व्यक्तिगत अवार्डतर्फ क्यामरुनका गोलरक्षक एभ्स प्रिसो उत्कृष्ट गोलरक्षक बनेका छन् ।

त्यस्तै थ्री स्टार क्लबका युवा मिडफिल्डर लाकेन लिम्बुले मणि शाह उदीयमान खेलाडी अवार्ड प्राप्त गरे । स्वर्गीय राष्ट्रिय खेलाडी मणि शाहको सम्मानमा लिगको उत्कृष्ट युवा खेलाडीलाई यो अवार्ड प्रदान गरिंदै आएको छ ।
प्रिसोले लिगमा सर्वाधिक क्लिन सिटको उपलब्धि समेत हासिल गरेका थिए । उनले २४ खेलमा ११ क्लिन सिट राख्दा १३ गोल खाएका थिए । उनले चर्च ब्वाइजको उपाधि यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रिसोले २ लाख रुपैयाँ पाए ।
यता लाकेनले लिगको सबै २६ खेलमा सुरुवात गरेका थिए । उनले ३ गोल र ४ असिस्ट प्रदान गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ पाए ।
नेपाल पुलिस क्लबले फेयर प्ले अवार्ड जित्यो । पुलिसले पनि २ लाख प्राप्त गर्यो ।
त्यस्तै ओलावाले आफिजले २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले २ लाख रुपैयाँ प्राप्त गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]