default_image

1 year ago

June 11, 2023

अल्भारेजको कीर्तिमान

147 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले एकै सिजन चार उपाधि जित्ने कीर्तिमान बनाएका छन् ।

शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेसँगै २३ वर्षीय अल्भारेज (युरोपियन कप (च्याम्पियन्स लिग), एफए कप र प्रिमियर लिग र विश्वकप) को ट्रेबल उपाधि जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका हुन् ।

आधाभन्दा कम खेल सुरु गरेपनि अल्भारेजले १७ गोलका साथ सिटीको दोस्रो सर्वाधिक गोल कर्ता रहे । २०२२ को विश्वकपमा तेस्रो शीर्ष स्कोरर बने ।

सिटीले आर्सनलबाट पाँच अंकले प्रिमियर लिगको उपाधि जित्यो, एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो र च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराउन सफल भयो ।

अर्जेन्टिनाले डिसेम्बरमा विश्वकपको फाइनलमा फ्रान्सलाई हराएको थियो । इस्तानबुलमा सिटीले इन्टरलाई १–० ले पराजित गर्दा अल्भारेज बेन्चमा रहेका थिए ।

अल्भारेज आफ्नो क्लबसँग युरोपेली च्याम्पियन बन्ने १०औं खेलाडी बनेका छन् । सोही अभियानमा आफ्नो देशसँग विश्व च्याम्पियन बनेका छन् । इन्टरले जितेको भए उनका अर्जेन्टिनी सहयात्री लोउटारो मार्टिनेज १०औं खेलाडी बन्ने थियो ।

अन्य सबैले क्लब सिजनपछि विश्वकप जितेका थिए, तर यस पटक कतारको गर्मीका कारण विश्वकप समरमा नभई विन्टरमा भएको थियो । ९ मध्ये ६ जना भने १९७३–७४ मा बायर्न म्युनिख र जर्मनीका सहकर्मी थिए । अन्य तीनले च्याम्पियन्स लिग युगमा विभिन्न वर्षमा रियल म्याड्रिडका लागि खेलेका थिए ।

सन् १९९८ मा फ्रान्ससँग क्रिस्टियन कारेम्बेउ, सन् २००२ मा ब्राजिलसँग रोबर्टो कार्लोस र २०१८ मा फ्रान्ससँग राफयल भरानले रियलसँग च्याम्पियन्स लिगको समान वर्षमा विश्वकप जितेका थिए ।

यस्तै अल्भारेज च्याम्पियन्स लिग र यसको दक्षिण अमेरिकाको कोपा लिबर्टाडोरेस जित्ने १३औं खेलाडी बने । डेभिड लुइज, रामिरेस (दुबै चेल्सी) र कार्लोस टेभेज (म्यानचेस्टर युनाइटेड) इंग्लिस टोलीसँग उपाधि जित्ने अज्य खेलाडी हुन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.