default_image

1 year ago

June 14, 2023

रंगभेदविरुद्ध ब्राजिल र स्पेनले खेल्ने

124 views

0 Bookmark

एजेन्सी – पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले आफ्नो टोलीका सदस्य भिनिसियस जुनियरको समर्थनमा रंगभेदविरुद्धको एक भागको रूपमा अर्को वर्षको मार्चमा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

खेल ब्राजिली विंगर भिनिसियसको क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भिनिसियस विगतको अभियानमा रियलबाट खेल्दा स्पेनमा धेरै पटक जातीय दुव्र्यवहारको निशाना बनेका थिए ।

‘फुटबलमा जातीय अपमानको लागि कुनै ठाउँ छैन ।’ स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुवियालेसले भने । स्पेनका अध्यक्ष रुवियालेस र ब्राजिल फुटबल फेडेरेसन (सिविएफ) अध्यक्ष एडनाल्डो रोड्रिग्सले ‘एउटा छाला’ नारा अन्तर्गत आफ्नो जातिवाद विरोधी अभियान सुरु गर्ने निर्णय गरेका हुन् ।

‘यो बुझ्न महत्वपूर्ण छ कि फुटबल अधिकारीहरुद्वारा नस्लवादको मामलामा कडा सजाय लागु गर्न आवश्यक छ ।’ रोड्रिग्सले भने । ‘जरिवाना मात्र पर्याप्त छैन । क्लबहरू पनि जवाफदेही हुनुपर्छ ।

सिविएफ पहिलो फुटबल महासंघ थियो जसले नस्लवादका मुद्दाहरूमा कडा प्रतिबन्धहरू अपनाएको थियो । सिविएफले लिगमा अंक कटौतीसँगै क्लबका सदस्यहरूलाई आजीवन निष्कासनसम्म गरेको थियो ।

‘फुटबलमा सबैलाई लाजमर्दो पार्ने यो भाइरसविरुद्ध लड्न हामीले विश्वव्यापी अभियानको नेतृत्व गर्नुपर्छ ।’ ब्राजिलले शनिबार बार्सिलोनामा गिनीसँग र तीन दिनपछि लिस्बनमा सेनेगलसँग खेल्नेछ ।

२२ वर्षीय भिनिसियसलाई पछिल्लोपटक स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध खेल्दा जातीय दुव्र्यवहारको घट्ना भएको थियो । जुन खेलको अन्त्यमा हिंसात्मक आचरणको लागि रातो कार्ड खारेज गरिएको थियो ।

ला लिगाका अध्यक्ष जेभियर टेबास सामाजिक सञ्जालमा भिनिसियसलाई तपाईले आफैंलाई राम्ररी जानकारी दिन आवश्यक रहेको बताएपछि चौतर्फी विरोध हुँदा पछि टेवासले भिनिसियससँग माफी मागेका थिए ।

‘यो असहनीय छ कि भ्यालेन्सियासँग के भयो ? यस्तो घट्ना हाम्रो देशमा भएको छ ।’ रुबियालेसले भने, ‘मलाई दुःख लाग्छ किनभने यसले हाम्रो देश र हामी को हौं भनेर प्रतिनिधित्व गर्दैन र विश्वव्यापी रूपमा हाम्रो प्रतिष्ठालाई धमिलो पार्छ । हामीलाई नस्लवादको साथ समस्या छ र लड्नु पर्छ ।’

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.