default_image

1 year ago

June 15, 2023

नेपाल फिलिपिन्ससँग पराजित

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारीको रुपमा रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा नेपाल १-० ले पराजित भएको हो । दोस्रो हाफको सुरुवातमा लिएको अग्रता नै फिलिपिन्सका लागि जित निकाल्न पर्याप्त रहयो । नेपालले सेट पिसमा गोलको केहि अवसर सिर्जना गरेपनि त्यसको फाइदा उठाउन सकेन । आफ्नै गल्तीमा पछि परेको नेपालले बराबरी गर्ने अवसर पाएको थियो, तर गोलरक्षकले केहि उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई जित दिलाए ।

१४ औं मिनेटमा एरिक विष्टको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । लाकेनको पासमा नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट सट प्रहार गर्न नसक्दा डिफेन्सले क्लिअर गरेको बललाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेका थिए ।

२३ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलान हेडरसम्म पुग्न सकेनन् । पहिलो हाफमा नेपालले खासै अवसर सिर्जना गर्न नसक्दा दोस्रो हाफमा भने फिलिपिन्सले सुरुवातमै अग्रता लियो ।

४९ औं मिनेटमा फिलिपिन्सले नेपालको कमजोरीको फाइदा उठाउँदै अग्रता लियो । कर्नरमा आएको बललाई पुजनले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा जाभिएर गायोसोले पोस्टको दिशा दिएका थिए ।

६२ औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । एरिक विष्टको फ्रिकिकमा अनन्त तामाङको हेडर पोस्टमा लागेर फर्किएको थियो । ८८ औं मिनेटमा अनन्तकै हेडरमा गोलरक्षक बाधक बन्दा नेपाल बराबरी गोल फर्काउनबाट बन्चित भयो ।

नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले ६ असारमा कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । ९ असारमा नेपालले साविक विजेता भारतसँग खेल्नेछ । १२ असारमा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १६ असारमा तथा फाइनल १९ असारमा हुनेछ ।

नेपाली टोली :

गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डर :पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)

फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.