default_image

1 year ago

June 16, 2023

मेक्सिकोलाई हराएर अमेरिका फाइनलमा

185 views

0 Bookmark

एजेन्सी – तनावपूर्ण बनेको खेलमा मेक्सिकोमाथि सहज जित निकाल्दै अमेरिका कोन्काफ नेसन्स लिग ए च्यामिपयनसिपको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाले मेक्सिकोलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अमेरिकाको जितमा क्रिष्टियन पुलिसिसले दुई तथा रिकार्डाे पेपीले एक गोल थपे ।

एलिजिएन्ट स्टेडियम लस भेगास नेभाडा अमेरिकामा शुक्रबार भएको खेलको ३७औं मिनेटमा पुलिसिसको गोलबाट अमेरिकाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै पुलिसिसले टिमोथी वेहको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे ।

६९औं मिनेटपछि खेल फरक बन्यो । फोलारिन बालोगनमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सेजर मोन्टेसलाई सिधै रातो कार्ड दिदै मैदानबाहिर पठाएपछि मेक्सिको १० खेलाडीमा समेटिन पुग्यो ।

त्यसमै प्रतिवाद गर्दै हिंसात्मक आँचरण गर्न पुगेका वेस्टन म्याकिनेलाई रेफ्रीले सिधै रातो कार्ड दिएपछि अमेरिका पनि १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि ७८औं मिनेटमा रिकार्डाे पेपीले गोल गर्दै अमेरिकालाई ३–० ले अघि बढाए ।

खेलको अन्तिम समयमा होमोफोबिक नाराका कारण खेल केहीवेर रोकिन पुगेको थियो । अर्को सामूहिक झगडापछि मेक्सिकोका अर्टेगा र अमेरिकाका सर्जिनो डेस्टले रातो कार्ड पाए ।

स्टेडियममा पेय पदार्थहरू फालिएको थियो । त्यसपछि प्रशंसकहरूलाई होमोफोबिक नाराका कारण खेल निलम्बन गरिने चेतावनी दिइएको थियो ।

थप समय १२ मिनेट भएपनि खेलको बिग्रदो वातावरणका कारण रेफ्रीले अतिरिक्त समयको छैटौं मिनेट चलिरहँदा नै अन्तिम ह्वीसिल बजाएर खेल सकाइदिए ।

अब अमेरिकाले उपाधिका लागि सोमबार बिहान क्यानडासँग खेल्नेछ । क्यानडाले पानमालाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।

July 22, 2024

मछिन्द्र र सातदोबाटोको बराबरी, संकटा र चर्च ब्वाइजले पनि अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत सोमबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दुवै खेल १-१ को बराबरीमा सकिएको हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबले बराबरी खेले । ६३औं मिनेटमा रोनिक राना मगरको गोलमा लिएको अग्रता पश्चात ७९औं मिनेटमा आदेश लामाले गोल […]

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्। शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । खेलमा […]

July 21, 2024

रेन्जर्सविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । ३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए […]

Success

Thank you for your time.