2 years ago
June 18, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।

ब्राजिलको फराकिलो जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले गोल गरे । गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काए ।
आरसीडिइ स्टेडियम स्पेनमा गोलको वर्षा भएको खेलको २७औं मिनेटमा जोइलिन्टनले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । ब्राजिलका लागि डेब्यु गरिरहेका जोइलिन्टनले डेब्युमै गोल गर्न २७ मिनेट मात्रै लाग्यो । ३०औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
३६औं मिनेटमा सेरोउ गुइरासीले इसिएगा स्यालाको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । ४७औं मिनेटमा मिलिसाओले लुकास पाक्वेटाको पासमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए ।
त्यसपछि ८८औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ४–१ को सानदार जित दिलाए । पेनाल्टी बक्समा स्यालाले माल्कोमलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा भिनिसियस चुकेनन् ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]