default_image

2 years ago

June 18, 2023

नेदरल्यान्ड्सलाई हराउँदै इटाली तेस्रो

306 views

0 Bookmark

एजेन्सी – घरेलु टोली नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो । इटालीको जितमा फेडरिको डिमार्काे, डाभिड फ्राटेसी र फेडरिको चिइसाले गोल गरे । डच टोलीका स्टेभन वर्गवाइन र जर्जिन्हो वाइनाल्डमले गोल फर्काएपनि टोलीको हार टार्न सकेन ।

नेदरल्यान्ड्समा आइतबार राति भएको खेलको छैटौं मिनेटमा फेडरिको डिमार्काेले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । उनले जियाकोमो रास्पडोरीको पासमा गोल गर्न सफल भएका थिए ।

२०औं मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

७२औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटाली सहज जिततर्फ अग्रसर बन्यो । ८२औं मिनेटमा ओउट वेगह्रष्टले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा नेदरल्यान्ड्स गोल अन्तर कम गर्नबाट चुक्यो ।

त्यसपछि ८९औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा नेदरल्यान्ड्सले चार खेल खेल्दा यो तेस्रो हार हो । फिफा विश्वकप कतार २०२२ पछि नेदरल्यान्ड्सको प्रशिक्षक बनेका कोम्यानको प्रशिक्षणमा डच टोलीले फ्रान्ससँग ४–० र क्रोएसियासँग ४–२ को हार बेहोर्दा जिब्राल्टारमातिथ ३–० को जित निकालेको थियो ।

नेसन्स लिगको उपाधि लागि आज राति क्रोएसिया र स्पेनबीच प्रतिस्पपर्धा हुँदैछ । पहिलो संस्करणमा पोर्चुगल तथा दोस्रो संस्करणमा फ्रान्स च्याम्पियन बनेको थियो ।

November 17, 2025

नर्वे विश्व कपमा छनोट, इटालीले फेरि प्ले अफ खेल्नुपर्ने

एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्‍यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]

November 16, 2025

पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]

November 16, 2025

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]

Success

Thank you for your time.