default_image

1 year ago

June 19, 2023

स्पेन नेसन्स लिग च्याम्पियन

145 views

0 Bookmark

एजेन्सी – गोलरक्षक युनाई सिमोन नायक बन्दा अघिल्लो संस्करणको उपविजेता स्पेन युइएफए नेसन्स लिगकाे च्याम्पियन बनेको छ । क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा स्पेनले बाजी मार्न सफल भयो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेकाे प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

क्राेएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए । त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए ।

त्यसअघि फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र साडनडेथमा लम्बिदा स्पेनले बाजी मार्न सफल भयो ।

स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितिसकेको छ ।

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन । स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो ।

यता, स्पेनसँगको हारसँगै क्रोएसिया पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित बन्यो । सन् २०१८ मा विश्व उपविजेता बनेको क्रोएसिया २०२२ को विश्वकपमा तेस्रो भएको थियो ।

क्रोएसियाका लागि १६६औं अन्तर्राष्ट्रिय क्याप पूरा गरेको ३७ वर्षीय भेट्रान कप्तान तथा मिडफिल्डर लुका मोड्रिचलाई उपाधि जित्ने मौका रहेपनि टोली चुक्न पुग्यो । पूर्व बालोन डी’ओर विजेता मोड्रिचले यसै साता आफ्नो अन्तर्राष्ट्रिय भविष्यको बारेमा घोषणा गर्ने तयारी गरेका छन् । तर, उनले अर्काे वर्ष जर्मनीमा हुने युरोपेली च्याम्पियनसिप खेल्ने सम्भावना छ ।

पहिलो संस्करणमा पोर्चुगल तथा दोस्रो संस्करणमा फ्रान्स च्याम्पियन बनेको थियो । त्यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.