2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिपको समूह ‘बी’ रोमाञ्चक मोडमा पुगेको छ । पहिलो खेलमा लेवनानसँग हार बेहोरेको बंगलादेशले आइतबार माल्दिभ्समाथि रोमाञ्चक निकालेपछि समूहबाट अघिल्लो चरण पुग्ने समिरकण रोमाञ्चक अवस्थामा पुगेको हो ।

बंगलादेशले पूनरागमन जित निकाल्ने क्रममा माल्दिभ्सलाई ३–१ ले हराएको छ । रकिव हुसेनले पहिलो हाफको ४२ औं मिनेटमाबराबरी गोल गरेका थिए । दोस्रो हाफमा तारिक काजीको गोलबाट अग्रता लिएको बंगलादेशका लागि अन्तिम मिनेटमा शेख मोर्सालिनले गोल गरेका थिए । तारिकले ६७ औं र मोर्सालिनले ९० औं मिनेटमा गोल गरेका थिए । हम्जा मोहम्मदको गोलबाट माल्दिभ्सले १८ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।
पहिलो खेलमा माल्दिभ्सले भने भुटानलाई २–० ले हराएको थियो । २ खेलको समाप्तीमा माल्दिभ्स र बंगलादेश तथा १ खेल खेलेको लेवनानको ३ अंक छ । भुटान अंक विहिन छ । आइतबार नै साँझ लेवनान र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’बाट भने भारत र कुवेत लगातार दुई जितसँगै सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र पाकिस्तान भने दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यसपटक दक्षिण एसियाली बाहिरबाट कुवेत र लेवनानलाई च्याम्पियनसिपमा सहभागी बनाएको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]