2 years ago
June 26, 2023
एजेन्सी – म्यानचेस्टर सिटी तथा इंग्लिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर फिल फोडेनका पुत्र रोन्नी फोडेनको सामाजिक संजालमा खाता खोलेको १ दिनमै १३ लाख फलोअर्स पुगेको छ ।

म्यानचेस्टर सिटीले मैदानभित्र एक पछि अर्को सफलता हासिल गरिरहँदा फोडेन पुत्र रोन्नी उपाधिको खुसियाली मनाउँदा समर्थकमाझ प्रिय बनेका थिए । विशेषगरी सिटीले प्रिमियर लिग उपाधि जितेपछि खुसियाली मनाउने क्रममा रोन्नी पिता फिलसँग मैदानमा देखिएका थिए । त्यसपछि इस्तानबुलमा सिटीले च्याम्पियन्स लिग जित्दा उनी नर्वेली फरवार्ड एर्लीङ हालान्डसँग रमाइरहेका देखिन्थे ।
सन् २०१९ जनवरीमा जन्मिएका उनी सिटीले नगर परिक्रमा गर्दा पनि केन्द्रमा रहेका थिए । समर्थकहरुले उनलाई सामाजिक संजालमा ‘एल वे’ को उपनाम दिएर प्रशंसा गरेका थिए । ‘एल वे’ विशेषगरी दक्षिण अमेरिकामा युवा समूहमाझ विशेष व्यक्तिलाई इंगित गर्ने शब्द हो । समर्थकले उनलाई सोहि उपनामले प्रशंसा गरेका थिए ।
रोन्नीका पिता फिलले आइतबार साँझ समर्थकको माग अनुसार छोराको नाममा इन्स्टाग्राम खाता खोलेको जानकारी दिएका थिए । छोटो समयमा नै रोन्नीको खातामा फलोअर्सको बाढी आएको छ । यो लेख तयार पार्दासम्म १३ लाख जनाले उनलाई फलो गरिसकेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]