2 years ago
June 27, 2023
एजेन्सी – स्कटल्याण्डका पुर्वप्रशिक्षक क्रेग ब्राउनको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।उनी स्कटल्यान्डलाई लामो समयसम्म प्रशिक्षण दिने प्रशिक्षक हुन् ।

उनले स्कटल्यान्डलाई सन् १९९३ देखि २००१ मा प्रशिक्षण दिएका थिए । उनी स्कटल्यान्डले १९९६ को युरो कप र १९९८ को विश्वकमा स्कटल्यान्डको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा स्कटल्यान्डले ७१ खेल खेले ।
एबरडिनबाट सन् २०१३ मा प्रशिक्षण करिअरबाट विश्राम लिएका थिए । त्यसअघि ब्राउनले प्रेस्टन नर्थ एन्ड र मदरवेलमा प्रशिक्षकको भुमिका निभाएका थिए ।
स्कटल्याण्डमा युवा स्तरको प्रशिक्षकको रूपमा प्रभाव पारेपछि उनी १९८६ को विश्वकपको लागि एलेक्स फर्गुसनको सहायक तथा १९९० मा एन्डी रक्सबर्गको सहायकको रूपमा कार्यभार सम्हालेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]