2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी १४औं साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेलमा बैंग्लुरुस्थित कान्तिरभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।साफको समूह चरणबाटै बाहिरिसकेको दुवै टोली आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चहान्छ । ने
पाल र पाकिस्तानले भारत र कुवेतसँग नै हार बेहोर्दै समूह चरणबाट बाहिरिएको हो । नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । अ
घिल्लो सिजन फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो । यता, पाकिस्तानले भने भारत र कुवेतसँग समान ४–० को पराजय भोगेको छ ।
नेपाल आज पास्कितानलाई हराएर समूहमा पहिलो जित निकाल्दै साफको सुखद अन्त्य गर्न चहान्छ । तर, टोलीसँग भारतविरुद्धको खेलमा चोट बोकेका अन्जन विष्ट टोलीमा हुनेछैनन् ।
टोलीसँग गोलरक्षक किरण चेम्जोङसँगै अग्रपङ्तिमा विमल घर्तीमगरसँगै आयुष घलान र मनिष डाँगी रहनेछन् । मिडफिल्डमा आवास लामिछाने, एरिक विष्ट र लाकेन लिम्बु रहने सम्भावना छ ।
डिफेन्समा सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र देवेन्द्र तामाङ रहनेछ । वैकल्पिक खेलाडीको रुपमा दीपक राज सिंह ठकुरी, सिमन्त थापा, पुजन उपरकोटी र नवयुग श्रेष्ठ रहनेछन् ।
नेपाल र पाकिस्तान हालसम्म १७ पटक खेलेका छन् । जसमा नेपालले ५ खेल जित्दा ७ खेल पाकिस्तानले जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग गत वर्षको कात्तिकमा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा अन्जन विष्टको गोलमा नेपाल १–० ले विजयी भएको थियो ।
नेपाल रहेको समूह ‘ए’ बाट भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । यि दुवै टोली आज नै समूह चरणको अन्तिम खेल खेल्दैछ । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]