2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी १४औं साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेलमा बैंग्लुरुस्थित कान्तिरभा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।साफको समूह चरणबाटै बाहिरिसकेको दुवै टोली आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चहान्छ । ने
पाल र पाकिस्तानले भारत र कुवेतसँग नै हार बेहोर्दै समूह चरणबाट बाहिरिएको हो । नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । अ
घिल्लो सिजन फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो । यता, पाकिस्तानले भने भारत र कुवेतसँग समान ४–० को पराजय भोगेको छ ।
नेपाल आज पास्कितानलाई हराएर समूहमा पहिलो जित निकाल्दै साफको सुखद अन्त्य गर्न चहान्छ । तर, टोलीसँग भारतविरुद्धको खेलमा चोट बोकेका अन्जन विष्ट टोलीमा हुनेछैनन् ।
टोलीसँग गोलरक्षक किरण चेम्जोङसँगै अग्रपङ्तिमा विमल घर्तीमगरसँगै आयुष घलान र मनिष डाँगी रहनेछन् । मिडफिल्डमा आवास लामिछाने, एरिक विष्ट र लाकेन लिम्बु रहने सम्भावना छ ।
डिफेन्समा सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र देवेन्द्र तामाङ रहनेछ । वैकल्पिक खेलाडीको रुपमा दीपक राज सिंह ठकुरी, सिमन्त थापा, पुजन उपरकोटी र नवयुग श्रेष्ठ रहनेछन् ।
नेपाल र पाकिस्तान हालसम्म १७ पटक खेलेका छन् । जसमा नेपालले ५ खेल जित्दा ७ खेल पाकिस्तानले जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग गत वर्षको कात्तिकमा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा अन्जन विष्टको गोलमा नेपाल १–० ले विजयी भएको थियो ।
नेपाल रहेको समूह ‘ए’ बाट भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । यि दुवै टोली आज नै समूह चरणको अन्तिम खेल खेल्दैछ । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]