default_image

2 years ago

June 29, 2023

काई चेल्सी छाडेर आर्सनलमा

431 views

0 Bookmark

एजेन्सी – जर्मन फरवार्ड काई हाभर्टज इंग्लिस क्लब चेल्सी छाडेर अर्काे इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् ।

आर्सनलले काई हाभर्ट्जलाई चेल्सीबाट सन् २०२८ सम्म ६५ मिलियन पाउण्डमा पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । गत सिजन चेल्सीका लागि ९ गोल गरेका हाभर्ट्जको शुल्क एड–अनसँग बढ्न सक्छ ।

चेल्सीमा हाभर्ट्जको सम्झौता २०२५ सम्म रहेको थियो । तर, उनी चेल्सीमा सम्झौता विस्तार गर्न सहमत भएनन् । बायर लिभरकुसेनबाट ७१ मिलियन पाउण्डमा चेल्सीका आएका २४ वर्षीय काईले स्टामफोर्ड ब्रिजमा तीन वर्ष बिताए ।

हाभर्ट्जले प्रिमियर लिगमा ९१ खेलमा १९ गोल गरेका छन् र २०२१ च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा उनले विजयी गोल गरेका थिए ।

५ वर्षको अनुपस्थितिपछि च्याम्पियन्स लिगमा स्थान बनाएको आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले टोलीलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

काईले सामाजिक सन्जालमा चेल्सीका समर्थकहरुलाई बिदाई माग्दै ‘सबै समर्थनको लागि धेरै धेरै धन्यवाद, हामीले सँगै च्याम्पियन्स लिग जित्ने सपना पूरा ग¥यौं ।’ भनेर लेखेका छन् । आफ्नो स्थानान्तरणको घोषणापछि आर्सनलको वेबसाइटमा बोल्दै हाभर्ट्जले नयाँ क्लबसँग ‘ट्रफी जित्ने’ लक्ष्य रहेको बताएका छन् ।

‘यो अद्भुत क्लबमा सामेल हुन र आर्सनल परिवारको हिस्सा बन्न पाउनु मेरो लागि अति रोमाञ्चक छ ।’ हाभर्ट्जले भने, ‘यो क्लबको ठूलो इतिहास छ, र मलाई आशा छ कि हामीले धेरै चीजहरू हासिल गर्न सक्छौं ।’

यस्तै आर्सनलले वेस्ट ह्याम र इङ्ल्यान्डका मिडफिल्डर डेक्लान राइसका लागि १०५ मिलियन पाउण्डको तेस्रो बोली पनि पेश गरेको छ।

यता, चेल्सीले आफ्नो टोलीको आकार घटाउन खोजिरहेको छ र क्रोएसियाका मिडफिल्डर माटियो कोभासिस म्यानचेस्टर सिटीमा पुगेको छ ।

रुबेन लोफ्टस चीक एसी मिलान जाने पक्का भइसकेको छ । एन’गोलो कान्टे, एडुआर्ड मेन्डी र कालिडो कोउलिबाली साउदी अरेबियाको क्लबमा पुगेका छन् । टिमोउ बाकायोको पनि फ्रि एजेन्ट बन्दै क्लब छाडिसकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.