2 years ago
June 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो ।

यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा तीन खेलसँगै एक अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेलेको थियो ।
नेपालले चार खेल खेल्दा ३ हार र १ जितको नतिजा निकालेको थियो । नेपालले फिलिपिन्स, कुवेत र भारतसँग हार बेहोर्दा पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।
फिफा वरियता अनुसार नेपाल दक्षिण एसियाली राष्ट्रमध्यमा तेस्रो स्थानमा स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको भारत फिफा वरियताको १ सयौं स्थानमा छ । भारतले एक स्थान सुधार गरेको छ ।
दक्षिण एसियामा दोस्रो स्थानका रहेको माल्दिभ्स फिफा वरियतामा १ सय ५४औं स्थानमा, एक स्थान सुधार गरेको भुटान १ सय ८४औं स्थानमा रहँदा बंगलादेश १ सय ९२औं स्थानमा यथावत छ । पाकिस्तान ५ स्थान तल झर्दै २०१औं स्थानमा पुग्दा र श्रीलंका २ सय सातौं स्थानमा छ ।
विश्वकप विजेता अर्जेन्टिना शीर्षस्थानमा यथावत छ । विश्व उपविजेता फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा यथावत छ । एक स्थान सुधार गरेको इंग्ल्यान्ड चौथो स्थानमा उक्लदा बेल्जियम पाँचौं स्थानमा झरेको छ ।
एक स्थान सुधार गर्दै क्रोएसिया छैटौं स्थानमा उक्लदा नेदरल्यान्ड्स एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । इटाली, पोर्चुगल र स्पेन क्रमशः आठौं, नवौं र १०औं स्थानमा यथावत छ । एसियामा जापान शीर्षस्थानमा यथावत छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]