default_image

2 years ago

July 6, 2023

‘एम्बाप्पेले पिएसजी बस्न चाहे सम्झौता गर्नुपर्छ’

429 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खलिफीले स्टार फरवार्ड किलीयन एमबाप्पे नयाँ सम्झौता गरेमात्र क्लबमा बस्ने बताएका छन् ।

प्रशिक्षक लुइस एनरिकेलाई क्लबमा स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खलिफीले एमबाप्पेको अवस्थाबारे प्रष्ट पारेका हुन् । २४ वर्षीय फरवार्डको सम्झौता यसै सिजन सकिँदैछ । तर क्लबले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्दै अझ लामो समय राख्न चाहन्छ ।

एमबाप्पेको हालको सम्झौतामा उनको बसाइ अझ एक वर्ष लम्ब्याउने विकल्प पनि छ । तर उनी यो सिजन पिएसजीबाट खेलेर अर्को सिजन फ्री एजेन्टको रुपमा फुकुवा हुन चाहन्छन् । पिएसजीले भने उनी क्लब छाड्न चाहेको अवस्थामा ट्रान्सफर रकम आर्जन गर्ने हिसाबले नवीकरणको लागि प्रस्ताव गरिरहेको छ ।

खलिफीले एमबाप्पेले यस सिजन खेल्ने हो भने सम्झौता थप्नुपर्ने बताए । ‘हाम्रो योजना प्रष्ट छ । यदि किलीयन बस्न चाहन्छन् भने उनले नयाँ सम्झौता गर्नुपर्छ । हामी विश्वका उत्कृष्ट खेलाडीलाई अर्को सिजन सित्तैमा गुमाउन चाहदैनौं,’ खलिफीले थपे ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी आएका थिए । उनले हालसम्म क्लबका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरिसकेका छन् । उनी पछिल्लो ५ सिजन लिगको सर्वाधिक गोलकर्ता बन्दा क्लबले पछिल्ला ६ मध्य ५ लिग उपाधि जितेको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.