default_image

1 year ago

July 6, 2023

‘एम्बाप्पेले पिएसजी बस्न चाहे सम्झौता गर्नुपर्छ’

330 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खलिफीले स्टार फरवार्ड किलीयन एमबाप्पे नयाँ सम्झौता गरेमात्र क्लबमा बस्ने बताएका छन् ।

प्रशिक्षक लुइस एनरिकेलाई क्लबमा स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खलिफीले एमबाप्पेको अवस्थाबारे प्रष्ट पारेका हुन् । २४ वर्षीय फरवार्डको सम्झौता यसै सिजन सकिँदैछ । तर क्लबले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्दै अझ लामो समय राख्न चाहन्छ ।

एमबाप्पेको हालको सम्झौतामा उनको बसाइ अझ एक वर्ष लम्ब्याउने विकल्प पनि छ । तर उनी यो सिजन पिएसजीबाट खेलेर अर्को सिजन फ्री एजेन्टको रुपमा फुकुवा हुन चाहन्छन् । पिएसजीले भने उनी क्लब छाड्न चाहेको अवस्थामा ट्रान्सफर रकम आर्जन गर्ने हिसाबले नवीकरणको लागि प्रस्ताव गरिरहेको छ ।

खलिफीले एमबाप्पेले यस सिजन खेल्ने हो भने सम्झौता थप्नुपर्ने बताए । ‘हाम्रो योजना प्रष्ट छ । यदि किलीयन बस्न चाहन्छन् भने उनले नयाँ सम्झौता गर्नुपर्छ । हामी विश्वका उत्कृष्ट खेलाडीलाई अर्को सिजन सित्तैमा गुमाउन चाहदैनौं,’ खलिफीले थपे ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी आएका थिए । उनले हालसम्म क्लबका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरिसकेका छन् । उनी पछिल्लो ५ सिजन लिगको सर्वाधिक गोलकर्ता बन्दा क्लबले पछिल्ला ६ मध्य ५ लिग उपाधि जितेको छ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.