default_image

1 year ago

August 22, 2023

राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक नियुक्ती विवादमा

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापक नियुक्ती पनि विवादमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई देशमा नभएको समयमा व्यवस्थापक नियुक्ती गरेको भन्दै एन्फाका एक उपाध्यक्षले सामाजिक सन्जालमार्फत असन्तुष्टी जनाएपछि नयाँ विवाद सृजना भएको हो ।

एन्फाका कार्यवहाक महासचिव अरुणमान जोशीले सोमबार उत्तम भण्डारीलाई राष्ट्रिय टोलीको व्यवस्थापक नियुक्तको पत्र दिएका थिए । एन्फा उपाध्यक्ष दाबा लामाले मंगलबार फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘श्रीमान कार्यवाहक अध्यक्ष ज्यू तथा कार्यवाहक महासचिव ज्यू के तपाई हरु ले गर्नु भएको नियुक्ति विधान सम्बत छ त ? यदि छ भने मेरो भन्नु केही छैन होईन भने यो नियुक्तिको जिम्मेवारी कसले लिने ? अध्यक्ष ज्यू र महासचिव ज्यू नभएको बेला जे मन लाग्यो त्यही गर्ने ? के यस्तै नियुक्ति गर्नका निम्ति कार्यवाहकको जिम्मेवारी दिएको हो ?

एन्फाका कार्यवहाक अध्यक्ष वीरबहादुर खड्काले भने व्याध्यात्मक स्थिति सृजना भएपछि एन्फाका जिम्मेवार पदाधिकारीहरुसँगको सहमतिमै भण्डारीलाई व्यवस्थापक नियुक्त गरेको बताएका छन् । ‘ अनिल श्रेष्ठलाई दिएको जिम्मेवारीको अवधि सकिएको रहेछ । म्यानमार फुटबल संघमा राष्ट्रिय टोलीका खेलाडीको प्रशिक्षकको नाम पठाइसकिएको तर व्यवस्थापकको नाम पठाइएको रहेनछ ’ कार्यवहाक अध्यक्ष खड्काले भने,‘ हिजो मात्र व्यवस्थापकको नाम छिटो पठाउन अन्यथा आफै भिसा प्रक्रिया गर्नुपर्ने खबर आएपछि हामीले प्रक्रिया अघि बढाएका हौं ।’

खड्काले अध्यक्ष नेम्बाङसहित कार्यसमितिका अन्य पदाधिकारी र सदस्यसँग परामर्श गरेर निर्णय लिएको बताए । ‘अध्यक्ष ज्यूले तपाईहरुले हेरेर निर्णय गर्नुस् भन्नुभयो । हामीले त्यहि अनुसार प्रक्रिया अधि बढायौं । राष्ट्रिय टोलीका संयोजक मनीष जोशीले भण्डारी जीको नाम सिफारिस गर्नुभएको थियो,’ उनले थपे,‘त्यसले भण्डारी जीको नामको बारेमा मैले अध्यक्ष ज्यूलाई जानकारी गराएपछि सुरुमा प्रष्ट जवाफ दिनुभएन । उपाध्यक्ष दाबा लामाले आफ्नो असहमति छ भन्नुभयो । बाँकी धेरैले सहमति जनाएपछि हामीले नियुक्त गरेका हौं ।’

भण्डारीलाई म्यानमारसँगको दुई मैत्रीपूर्ण खेल तथा लावसविरुद्ध विश्व कप छनोटका दुई खेलसम्मका लागि व्यवस्थापकको जिम्मेवारी दिइएको बताइएको छ । नेपाल र म्यानमारबीच भदौं २२ र २५ गते म्यानमारमा मैत्रीपूर्ण खेल हुँदैछ । त्यसपछि नेपाल र लावसबीच असोज २५ गते होम (दशरथ रंगशाला) र असोज ३० गते अवे खेल हुने तय छ ।

नव नियुक्त व्यवस्थापक भण्डारीले एन्फाको प्रस्तावमा आफू व्यवस्थापकको जिम्मेवारी लिन तयार भएको बताएका छन् । ‘मलाई मनीष जोशी ज्यूमार्फत प्रस्ताव आएको हो । जुन जिम्मेवारीमा बसेर पनि नेपाली फुटबललाई सहयोग गर्नुपर्छ भन्ने मेरो पहिला देखिकै धारणा हो,’ उनले भने,‘तपाईहरुले मलाई जिम्मेवारी दिन उपयुक्त सम्झनुभएको हो भने म तयार छु भनेको हु । मलाई म्यानमारसँगको दुई खेल र विश्वकपका दुई खेलका लागि नियुक्ती दिनुभएको छ ।’

तपाईको नियुक्ती विवादमा पर्यो नि भन्ने प्रश्नको जवाफमा भण्डारीले भने, त्यसको जिम्मा मैले लिने विषय भएन । उहाँहरुले केहिको असहमति भएपछि अधिकांशको सहमतिमा तपाईलाई जिम्मेवारी दिएका हौं भन्नुभएको छ । मैले त्यसमा विश्वास नगर्नुपर्ने कारण छैन ।’
आइतबार सम्पन्न महिला विश्व कप फुटबलको फाइनल हेर्न अध्यक्ष पुगेका एन्फा अध्यक्ष नेवाङ र महासचिव राई फर्केका छैनन् ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.