default_image

1 year ago

September 17, 2023

सहारा क्लब पोखराको रजत महोत्सव मनायो

245 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले स्थापनाको रजत महोत्सव मनाएको छ । २०५५ भदौ ३० मा चौरबाट जन्मिएको सहारा मोफसलको चर्चित क्लब हो । फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहाराले पोखरा १७, दोबिल्लास्थित आफ्नै सहारा फुटबल एकेडेमीमा शनिबार रजत महोत्सव समारोह आयोजना गरेको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रजत महोत्सवको समुद्घाटन गर्दै सहारालाई अझ सफलताको लागि शुभकामना दिए । उनले सहाराको सिको नेपालमा अरुहरुले पनि सिक्नुपर्ने उनको सुझाव थियो । साथै सेती नदी र फुस्रेखोला कटानले दोबिल्ला क्षेत्रको बस्ती तथा विभिन्न भौतिक संरचना जोखिममा परेकोमा समुचित खालको व्यवस्थापनको पहल महानगरले गर्ने उनले प्रतिबद्धतासमेत जनाए ।

समारोहमा क्लबले विभिन्न व्यक्तिलाई विधागत सम्मान गरेको छ । सम्मानित हुनेमा जयलाल पुन, महेश गुरुङ, गणेशबहादुर भट्टराई, डा. नारायण गौतम, निरञ्जन राजवंशी, रामकृष्ण ज्ञवाली, मुच्छेत्र गुरुङ, रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, दीपक गुरुङ, जगन गुरुङ छन् भने मरणोपरान्त स्व.उगेन लामा र स्व. बिलबहादुर तामाङको तर्फबाट परिवारजनलाई सम्मान गरियो । साथै हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी पनि सम्मानित भइन् ।

प्रेमकुमारी पोखराका वरिष्ठ उद्योगपति, पूर्व सभासद एवं समाजसेवी स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी हुन् । क्लबले मुच्छेत्र गुरुङलाई मानार्थ सदस्य पनि प्रदान गरेको छ । योसहित मानार्थ सदस्य संख्या १२ पुगेका छन् । सो अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०६९ बाट फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार ५५५ साथमा ताम्रपत्रसहित पुरस्कृत गरियो ।

नागरिक दैनिक र गोलनेपाल डटकममा कार्यरत फोटो पत्रकार पुन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य समेत हुन् । यस्तै, क्लबले सहारा उत्कृष्ट सदस्यबाट धमेन्द्र बराललाई सम्मान गरेको छ । कार्यक्रममा हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीलगायत विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।

समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, आहा रारा पोखरा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, क्लबका मानार्थ सदस्य जयलाल पुन, सम्मानित व्यक्तित्वतर्फबाट पर्यटन व्यवसायी गणेशबहादुर गुरुङ, सम्मानित व्यक्तित्व नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले रजत महोत्सव अवसरमा प्रकाशन गरेको सहारा रजत जयन्ती स्मारिका पनि प्रकाशन गरेको छ । उक्त स्मारिका महानगर प्रमुख आचार्यले विमोचन गरे । क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत तथा महासचिव रामजीप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

सो अवसरमा महासचिव अधिकारीले गत वर्षको वार्षिक प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप लिग कम नकाउट स्वरुपमा संचालनका लागि अध्ययन गर्ने, प्रतियोगिताको नाम र ब्रान्डिगको लागि कम्पनी कार्यालयमा दर्ता गर्न पहल गर्ने, सहारा फुटबल एकेडेमीको थप भौतिक पूर्वाधार सहित प्यारापिट निर्माणमा सम्बन्धित निकायमा पहल गर्ने लगायत योजना सुनाए ।

क्लबले चौंथो ब्याचमा थप ३० जना कठिन परिस्थिति तथा विपन्न वर्गका बालक भर्ना गर्ने लक्ष्य अनुरुप हालसम्म ११ जना भर्ना भइसकेको क्लब अध्यक्ष सुरज गुरुङले जानकारी दिए । पोखरामा २०६१ सालदेखि सहारा एकेडेमी संचालन गर्दै आएको क्लबले हरेक वर्ष पोखरा रंगशालामा फुटबल टुर्नामेन्टलाई निरन्तरता दिएको छ ।

२०५८ मा क्याराभानदेखि सुरु भएकोमा गत वर्ष २२ औं संस्करणका आहा रारा पोखरा गोल्ड कप भएको थियो । नेपाली फुटबल टिमका पूर्व क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हुन् ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.