default_image

8 months ago

December 9, 2023

दिपा र प्रितीको डेब्युमा किकस्टार्टको जित

1278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डरद्वय दीपा शाही र प्रिती राईले भारतीय लिगमा डेब्यु गरेको खेलमा किकस्टार्ट एफसीले सिजनमा विजयी सुरुवात गरेको छ ।

किकस्टार्टले होप्स एफसीलाई ३-० ले हराएर आफ्नो नयाँ सिजनमा विजयी सुरुवात गर्यो । जितमा युम्लेम्बम पक्पी देवीले दुई गोल गरे भने करिश्मा शिरभोईकरले एक गोल गरिन् ।

दुवै नेपाली खेलाडीले सुरुवाती रोजाइमा रहेर खेलेका थिए। प्रीतिले खेलको पुरै समय खेले पनि खेलको अन्तिम मिनेटमा दिपालाई स्थानान्तरण गरियो । उक्त खेलमा दिपाले नाममा एक असिस्ट रहेको थियो ।

दिपा र प्रीति दुवै नेपाल बाहिर आफ्नो पहिलो व्यावसायिक लिग खेल्दै छन् । दिपाले कम उमेरका कारण भारतमा पछिल्लो सिजन खेल्न पाएकी थिइनन् भने प्रीति चोटका कारण बाहिरिएकी थिइनन् ।

यसपटक भारतीय महिका लिगमा ६ नेपाली खेलाडी खेल्दैछन् । फरवार्ड रश्मीकुमारी घिसिङ र मिडफिल्डर अमृता जैसीले स्पोर्ट्स ओडिशाबाट खेल्नेछन् । सेथु एफसीको तर्फबाट गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले खेल्दैछन् ।

पहिलो दिन लिगको उद्घाटन खेलमा सेथुले गोलरहित बराबरी खेलेका थिए । स्पोर्ट्स ओडिशाले आइतबार इस्ट बंगाल एफसीसँग आफ्नो सिजनको सुरुवात गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.